गण्डकीको उपसभामुखमा विनाकुमारी निर्वाचित

पाेखरा | माघ २, २०७९

गण्डकीको उपसभामुखमा विनाकुमारी  निर्वाचित

पोखराः  नेकपा एमालेकी विनाकुमारी थापामगर गण्डकी प्रदेशको उपसभामुखमा निर्वाचित भएकी छिन् ।


आज भएको प्रदेशसभामा सत्ता गठबन्धननका तर्फबाट  उम्मेदवार बनेकी थापामगरले ३२ मत ल्याउँदै निर्वाचित भएकी हुन् । सत्ता गठबन्धनको नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्राको संयुक्त गठबन्धनक थापाले ३२ मत ल्याएकी हुन् ।


कांग्रेसको तर्फबाट उमेदवार बनेकी पार्वती तामाङले भने २६ मत पाइन् । २७ सांसद रहेको कांग्रेसबाट टिकाकुमारी बस्याल भने अनुपस्थित थिइन् ।


गण्डकीमा एमाले २२, माओवादी केन्द्र ७ (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन् । स्वतन्त्र निर्वाचित दिपक मनाङेले पनि उपसभामुखमा एमालेकै उमेदवारलाई मत हाले । गत शनिबार गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका थिए ।
 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्